नियम १९२
पेश्कीको फा“टवारी पेश गर्नु पर्ने
अधिकार प्राप्त अधिकारीले प्रत्येक आर्थिक वर्षको
आषाढ महिनाको स्रेस्ता दाखिल गर्दा सो आर्थिक वर्षभरिमा गएको र विगतको
जिम्मेवारी सरेको (प्रत्येक आर्थिक वर्षको छूट्याई) पेश्की मध्ये फछ्र्यौट हुन बा“की
रहेको पेश्की र बा“की मध्ये फछ्र्यौट गर्नु पर्ने म्याद नाघेको र ननाघेको विवरण,
नाम नामेसी र कारण समेत खुलाई फा“टवारी पेश गर्नु पर्नेछ ।